रुकुम पश्चिम,
एउटा यस्तो कहालिलाग्दो घटना, जहाँ क्रूरताको सबै हद नाघियो, जहाँ मानवता आफै लज्जित भयो। रुकुम पश्चिमको त्यो रात, एउटा सामान्य विवादले नरसंहारको रूप लियो। ५०० रुपैयाँको सानो निहुँमा, एउटि श्रीमतीमाथि यस्तो अमानवीय प्रहार भयो कि सुन्नेको पनि मुटु काँप्छ। आफ्नै श्रीमतिलाइ लखेटि लखेटि उनका हातहरू काटिए, अनि निर्ममतापूर्वक घाँटी रेटियो। सोच्नुहोस् त, कसरी एउटा श्रीमान् यति क्रूर हुन सक्छ? कसरी आफ्नै जीवनसाथीको ज्यान यति निर्ममतापूर्वक लिन सक्छ? कसरी सुनाउ तपाइँहरुलाइ खेतको पाटामा छटपटिएकी देविकाको त्यो अन्तिम चित्कार र अबोध बालबालिकाको मनमा बसेको त्यो डरलाग्दो चित्र? – यो घटना केवल घरेलु हिंसा होइन, यो त चरम क्रूरताको नग्न प्रदर्शन हो।
असार १७ गते, मंगलबारको साँझ रुकुम पश्चिमको चौरजाहारी नगरपालिका-३, टाडा गाउँको त्यो सानो घरमा सामान्य दैनिकी चलिरहेको थियो। तर, त्यो साँझ एउटा अदृश्य कालो बादल मडारिँदै थियो, जसको शुरुआत ५०० रुपैयाँको एउटा सानो विवादबाट हुँदै थियो।
साँझको खाना पाकिसकेको थियो, सबैजना सुत्ने तरखर गर्दै थिए। ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले श्रीमती देविकाको ५०० रुपैयाँ लिएर रक्सी खाएका रहेछन्। यही सानो कुरामा देविकाले चन्द्रबहादुरलाई सोधपुछ गरिन्। सायद देविकाको आवाजमा गुनासो थियो, थोरै निराशा थियो। तर चन्द्रबहादुरलाई यो सोधपुछ सैह्य भएन।
सुरुमा सामान्य बोलाबोलमै सीमित त्यो विवाद, क्षणभरमै चर्को झगडामा परिणत भयो। चन्द्रबहादुरले त्यही निहुँमा विगतका कुराहरू निकाल्दै श्रीमती देविकामाथि हात हाल्न सुरु गरे। देविकाले सायद आत्मरक्षाका लागि जवाफ फर्काउँदै उनलाई रोक्न खोजिन्। तर उनको प्रतिरोधले चन्द्रबहादुरलाई झन् उग्र बनायो। रिसको आगोले अन्धो बनेका चन्द्रबहादुरले घरमा रहेको खुकुरी निकाले र देविकामाथि प्रहार गर्न खोजे।
झ्यालबाट मधुरो बत्तीको उज्यालोमा पनि यी ससना बालबालिकाले आफ्ना आमाबुवाको भयानक झगडा देखिरहेका थिए। उनीहरूको सानो मन डराउन थाल्यो, आँखामा आँसुका थोपा भरिए। उनीहरू चिच्याए राती समय भएकोले हत्तपत्त उनिहरुको चिच्याहट सुनिदिने कोहि भएन। सकेजती आमाबुवालाइ रोक्न प्रयास गरे तर उनीहरूको हृदयविदारक चिच्याहट र सानो प्रयास व्यर्थ भयो।
चन्द्रबहादुरको हातमा खुकुरी थियो अनुहारमा श्रीमतिलाइ सिध्याउनै पर्छ भन्ने भयानक रिस। खुकुरी छल्नका लागि देविका ज्यान जोगाउन घरबाट बाहिर निस्किइन्। उनी बारिको पाटातिर भाग्न थालिन्, अँध्यारो रातमा, नांगो खुकुरिले आफ्नै श्रीमानले लखेटिरहेका थिए उनलाइ। बाहिर चारैतिर अँध्यारो थियो, रात निशब्द थियो। तर देविकाको मनमा सायद आफ्ना तीन सन्तानको अनुहार घुमिरहेको थियो। उनीहरूका लागि भए पनि बाँच्नुपर्छ भन्ने आशामा उनी दौडिरहेकी थिइन्।
तर भाग्यको क्रूर खेल! घरबाट करिब २०-३० मिटर टाढा रहेको खेतमा उनले विश्राम पाइनन्, साजेद उनलाइ त्यही ठाउँमा मृत्युले पर्खिरहेको थियो। उनको पछि-पछि दौडेका चन्द्रबहादुरले उनलाई त्यहीँ भेट्टाए।
अनि त्यसपछि जे भयो, त्यो कल्पना पनि गर्न नसकिने थियो। ससाना बालबालिकाको चिच्याहट, अँध्यारो रातको सन्नाटालाई चिर्दै आयो निर्दयी चन्द्रबहादुरले देविकाका दुवै हात काटिदिए। अनि त्योभन्दा पनि क्रूर, अमानवीय तरिकाले उनको घाँटी रेटे। देविका त्यहीँ ठाउँका ठाउँ ढलिन्। उनको शरीरमा जीवनको एक चिम्टी पनि बाँकी रहेन। एउटी आमाको ममता सधैंका लागि अस्तायो। त्यो रात, टांडा गाउँले एउटा निर्दोष जीवन गुमायो, र तीन जना अबोध बालबालिकाले आफ्नी आमा गुमाए।
पत्नीको हत्यापछि, रगतले लतपतिएको खुकुरी बोकेर चन्द्रबहादुर सरासर प्रहरी चौकीतर्फ लागे। उनी घरबाट करिब ४ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय चौरजाहारीमा पुगे। उनको अनुहारमा सायद पश्चात्ताप थिएन, वा रिसको त्यो ज्वाला अझै निभेको थिएन। चन्द्रबहादुरले खुकुरी देखाउँदै प्रहरीसमक्ष आफैं भने, “मैले मेरो श्रीमतीलाई मारेर आएँ।”
यो स्वीकारोक्तिले प्रहरीलाई पनि स्तब्ध बनायो। तत्काल उनलाई नियन्त्रणमा लिइयो, र हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भयो। चन्द्रबहादुरलाई अहिले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट केही तथ्यहरू बाहिरिएका छन्। चन्द्रबहादुर र देविकाबीच पहिलादेखि नै विवाद र झैझगडा हुने गरेको बुझिएको छ। स्थानीयहरूले पनि उनीहरूबीच पटक-पटक झगडा हुने गरेको कुरा बताएका छन्। यसअघि पनि यस्ता घरेलु विवादका घटनाहरू भएका रहेछन्, तर कसले सोचेको थियो र, ५०० रुपैयाँ अनि रक्सीको निहुँमा यति डरलाग्दो घटना होला भनेर?
यो घटनाले हाम्रो समाजमा गहिरो घाउ छोडेको छ। घरेलु हिंसाले कसरी एउटा परिवारलाई उजाड बनाउँछ, र कसरी यसले निर्दोष बालबालिकाको जीवनलाई चकनाचुर पार्छ भन्ने कुराको यो एउटा भयानक उदाहरण हो। तीन जना बालबालिका टुहुरा बनेका छन्। उनीहरूले आफ्नै आँखाअगाडि आमा गुमाए र बुवा अपराधी बनेको देखेका छन्। उनीहरूको सानो मनमा लागेको घाउ सायद कहिल्यै निको नहोला। अब उनीहरूले कसरी आफ्नो जीवन अगाडि बढाउलान्? उनीहरूको भविष्य के होला? यी प्रश्नहरू अनउत्तरित छन्। प्रहरीले घटनाबारे गहन अनुसन्धान गरिरहेको छ, अब जति नै अनुसन्धान भएपनी, जे तथ्य फेला पएपनी एउटा परिवारको खुशी, सधैंका लागि हराइसकेको छ।