Friday, March 13, 2026
spot_imgspot_img

खबरदार ताजा

spot_img

अछाम २ मा भूपदेव शाहको उदय: बालेन र रविको प्रभावले रास्वपाको पल्लाभारी।

खबरदार दैनिक,

१८ फागुन, अछाम ।

सुदूरपश्चिमको पहाडी जिल्ला अछाम, जहाँ दशकौँदेखि नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहँदै आएको छ, त्यहाँ यसपटकको निर्वाचनको माहोल फरक देखिएको छ। काठमाडौँका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह रास्वपाको तर्फबाट उम्मेदवार बनेसँगै अछाम क्षेत्र नं. २ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ।

सहमहामन्त्रीको पद र राजनीतिक उचाई: 

रास्वपाको केन्द्रीय समितिमा बालेन समूहको प्रतिनिधित्व हुने क्रममा भूपदेव शाहलाई सहमहामन्त्री जस्तो गरिमामय पदमा प्रस्तावित गरिएको छ। यसले अछामी जनतामा एउटा सकारात्मक सन्देश दिएको छ। आफ्नो क्षेत्रको नेता केन्द्रमा शक्तिशाली हुँदा जिल्लाको विकासमा प्रत्यक्ष पहुँच पुग्नेछ। पार्टीको सहमहामन्त्रि भएकाले पनि भावि दिनमा बन्ने बालेन नेतृत्वको सरकारमा मन्त्रि बन्ने प्रबल सभावना छ। यो पदोन्नतिले उनलाई केवल एक उम्मेदवार मात्र नभई राष्ट्रिय राजनीतिको निर्णयक तहमा पुग्न सफल युवा नेताको रूपमा स्थापित गरेको छ।

 

• स्थानीय सर्वेक्षण, युवा र तटस्थ मत भुपदेव शाहको पक्षमा:

हालै गरिएको अनौपचारिक स्थानीय सर्वेक्षणका अनुसार, अछाम २ मा निम्न कारणले भूपदेवको पल्ला भारी हुने देखिएको छ

 

१. परम्परागत दलप्रतिको वितृष्णा: 

पुराना दलका उम्मेदवारहरूले पटक-पटक जिते पनि जिल्लाको आधारभूत समस्या (स्वास्थ्य, शिक्षा र वैदेशिक रोजगारीको बाध्यता) समाधान नगरेकोमा आक्रोश।

 

२. बौद्धिक छवि:

शहरी अध्ययन, विज्ञ पृष्ठभूमि र बालेनको सचिवालयमा रहेर नीतिगत काम गरेको अनुभवले गर्दा शाहलाई ‘पढेलेखेको र भिजन भएको’ नेताका रूपमा लिइएको छ।

३. बालेनको समर्थन:

बालेन शाहको लोकप्रियता सुदूरपश्चिमका गाउँ-गाउँसम्म पुगेकाले उनका ‘दायाँ हात’ मानिने भूपदेवलाई मतदान गर्न मतदाताहरू उत्साहित देखिएका छन्।

 • चुनौती र अवसर:

यद्यपि, कांग्रेस र एमालेको बलियो सङ्गठनलाई तोड्नु शाहका लागि मुख्य चुनौती हो। तर, यसपटक ‘घण्टी’ चुनाव चिन्ह, हरेक घरमा कम्तिमा एकजना युवा मतदाता रहेको र ‘बालेन’ को ब्राण्ड नेमले गर्दा तटस्थ मतदाता र पहिलो पटक मतदान गर्ने युवाहरूको ठुलो हिस्सा शाहको पक्षमा खुल्ने संकेत मिलेको छ।

भूपदेव शाहको प्रवेशले अछाम २ मा त्रिकोणात्मक भिडन्त हुने निश्चित छ। प्राप्त आधारले भुप देव शाह अत्याधिक मातान्तरले जित्ने सम्मको सम्भावना पनि छ। यदि यो लहर मत परिणाममा बदलियो भने, अछामले नेपालको वैकल्पिक राजनीतिमा नयाँ इतिहास रच्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img