काठमाडौ,
१८ औँ ग्रिनल्याण्ड बास्केटबल प्रतियोगितामा ज्ञान संस्कार इन्टरनेशनल स्कूलले इमर्जिङ्ग बास्केटबल टिमको उपाधी हात पारेको छ । सो प्रतियोगितामा टोखा नगरपालिका अन्तर्गतका विभिन्न स्कुलहरूले सहभागिता जनाएका थिए ।
बास्केटबल प्रतियोगिताको सुरुवाति चरणमा रहेको ज्ञान संस्कार इन्टरनेशनल स्कूलका खेलाडीहरूले संस्कार सहितको खेल प्रस्तुत गरेका थिए । उनीहरू आफूलाई अब्बल सावित गर्न विभिन्न फरकफरक रणनीतिका साथ प्रस्तुत हुँदा पनि संयमित र व्यवस्थित देखिन्थे । उनीहरूको संयमिता र लगनशीलतालाई मध्यनजर गर्दै यो उपाधि दिइएको कुरा आयोजकले बताएको छ।
ज्ञान संस्कार इन्टरनेशनल स्कूलका मुख्य प्रशिक्षक पूर्ण न्यौपानेले पत्रकारहरूसँगको छोटो भेटघाटमा यस उपाधिले खेलाडीहरूको खेलप्रतिको भावना विकास गरी आगामी खेलहरूमा अब्बल हुने मनोभावनाको विकासमा सहयोग पुग्ने कुरा बताएका छन।