विशेष अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा प्रगतिशील तथा पेशागत कानून व्यवसायी (PPLA) को टिम विजयी भएको छ।
शनिबार भएको निर्वाचनबाट अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष कुँवरसँगै उपाध्यक्षमा शशीनाथ मरासिनी, सचिवमा युवराज बन्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित भएका छन्।
१३ सदस्यीय कार्यसमिति सदस्यहरूमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा र बोलाराम पाण्डे निर्वाचित भएका छन्।
२ बर्षे कार्यकालको लागि भएको उक्त निर्वाचनमा सदस्य पदका उम्मेदवार वसन्त जोशिले सर्वाधिक मत पाएका छन। अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका जोशी अनेरास्ववियु नेपाल ल क्याम्पसका निवर्तमान अध्यक्ष समेत हुन्। सुदुरपश्चिमको कैलाली स्थाइ घर भएका जोशी कानुन पढ्ने हुटहुटी बोकि सानैमा काठमाडौ छिरेका थिए। उनको अनवरत मिहिनेत र सरल स्वभावका कारण उनले कानुनी संगसंगै राजनीतिक क्षेत्रमा समेत राम्रो फड्को मारेका छन।
यतिबेला जोशी कानुन पढ्हिरहेका र पढ्ने सोचिरहेका युवाहरुको लागि प्रेरणा बनेका छन। उनको “लेक्स नेपाल” नामको ल फर्म समेत रहेको छ। सनिवार सम्पन्न विशेष अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट उनी “Man of the Election” बनेका छन्।