Saturday, February 15, 2025
spot_imgspot_img

खबरदार ताजा

spot_img

कांग्रेसले अडान नछाड्दा सभामुखले राखेको बैठक निष्कर्षविहीन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरुले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ । राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं ।’

उनले उपप्रधान तथा गृहमन्त्री एउटा व्यक्ति मात्रै नभएकाले अरुको छानबिन गर्ने उनको छानबिन नगर्ने भन्ने कुरा नहुने बताए । आगामी सदन चल्ने नचल्ने भन्ने कुरा सरकारको भूमिकामा निर्भर रहेन उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img