Saturday, March 15, 2025
spot_imgspot_img

खबरदार ताजा

spot_img

रवि लामिछानेको गृह मोह-राजिनामा दिनुपर्ने डरले संसदीय छानबिन समिती नबनाउने अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले समग्र सहकारीको समस्या समाधान गर्न तयार भएपनि व्यक्तिकेन्द्रित गरेर कांग्रेसले गरेको माग अस्वीकार गर्ने निर्णय गरेको हो।

रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले भनिन्, ‘संसदीय छानबिन समिति किन बनाउने ? त्यसको औचित्य छैन । उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो हुँदैन भन्ने छलफल भयो ।’

यस्तै सांसद मनिष झाले बैठकमा आगामी बजेट अधिवेशनको तयारीबारे छलफल भएको बताए। गत बजेट अधिवेशनको मुल्यांकन गरेर प्रभावकारी रुपमा उपस्थित हुन पार्टी सभापतिले सांसदहरुलाई निर्देशन दिएको बताए।

उनले अहिलेको राजनीतिक स्थितीबारे सभापतिले सबैलाई जानकारी गराएको समेत बताए। इलामको उपनिर्वाचनको समीक्षा गर्ने बैठकको एजेण्डा भएपनि आज नभ्याइएकाले अर्को बैठकमा गर्ने उनको भनाइ छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img