Saturday, February 15, 2025
spot_imgspot_img

खबरदार ताजा

spot_img

टी–२० विश्वकपमा आतङ्कवादी हमलाको खतरा रहेको खुलासा

काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा आतङ्कवादी हमलाको खतरा औँल्याइएको छ । ट्रिनिडाडका प्रधानमन्त्री डा. की रोलीले यस्तो खुलासा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले पनि आतङ्कवादी हमलाको सम्भावनालाई पुष्टि गरेको छ । यद्यपि आइसीसीले त्यस्ता कुनै पनि खतरा सामना गर्नका लागि पूर्ण सुरक्षा योजना रहेको जनाएको छ ।

आइसीसीले भनेको छ, ‘सबैको सुरक्षा र रक्षा हाम्रो प्राथमिकतामा छ । हामीसँग यसका लागि पूर्ण योजना छ । हामी आयोजक मुलुक र स्थानीय प्रशासनसँग निकट रहेर काम गर्दैछौँ र हाम्रो नजर कुनै पनि जोखिम हटाउनेतर्फ केन्द्रित छ ।’

टी–२० विश्वकपमा नेपालसहित कुल २० टिम सहभागी हुँदैछन् । कुल ९ सहरमा विश्वकपका म्याच आयोजना हुँदैछन्, जसमध्ये वेस्टइन्डिजका ६ र अमेरिकाका ३ सहरमा खेल आयोजना हुनेछ ।

स्रोतहरूलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाए अनुसार वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन गरिएको छ ।

ट्रिनिडाड डेलीसँग कुरा गर्दै त्यहाँका प्रधानमन्त्री रोलीले भने, ‘२१ औँ शताब्दीमा आतङ्कवादको खतरा विभिन्न रुपमा देखिएका छन्, जो दुर्भाग्यपूर्ण छ । टी–२० विश्वकपमाथि पनि आतङ्कवादी हमलाको चेतावनी आएको छ ।’ यद्यपि उनले त्यस्तो चेतावनी कहाँबाट आएको हो भन्नेबारे केही खुलाएनन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img