Saturday, February 15, 2025
spot_imgspot_img

खबरदार ताजा

spot_img

ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु, ७४ बेपत्ता

ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन्।

स्थानीय प्रशासनका अनुसार शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्।

करिब ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन बाँच्न बाध्य छन्।

बाढीका कारण करिब २५० सहर प्रभावित भएका छन्। हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ।

बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ। साथै अर्को बाँध पनि फुट्ने खतरा रहेको छ।

पोर्टो एलेग्रे र यसको वरपरका क्षेत्रहरूमा सडक पानीले भरिएको छ।

पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img