काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको छ । आन्तरिक तयारी नपुगको भन्दै पार्टीको बैठक सारेको हो ।
वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्यूरो र ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने अध्यक्ष माधव नेपालको सचिवालयले जनाएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनको तरंग नेकपा एसमा पनि परेको छ ।
यसबिषयमा छलफल गर्न अहिले नेकपा एसको संसदीय दलको बैठक बस्दैछ ।