साउन २०,
काठमाडौ
अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धुर्व कुमार शाहिले विद्यावारिधि (पिएचडि) पूरा गरेका छन्। उनले त्रिभुवन बिश्वबिद्धालय बाट शिक्षाशास्त्र संकाय अन्तर्गत ‘Use of ICT in English Language Teaching’ मा विद्यावारिधि (पिएचडि) गरेका हुन।
पुर्वी अछामको तुर्माखाँद गाउँपालिका वार्ड नं. ७ तोषीमा जन्मिएका शाही तुर्माखाँद गाउँपालिकाकै दोश्रो पिएचडि गर्ने व्यक्ती हुन्।
लामो समयदेखि अछाम बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आएका शाहिले क्याम्पस सहायक प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए।
अछाम जिल्लाको सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शाही अघिल्लो पुस्ता देखि युवा पुस्तासम्म लोकप्रिय मानिन्छन्। जिल्ला सदरमुकाममा कोहि समस्यामा परे जुनसुकैबेला पनि सेवा र सहयोगमा तल्लीन रहने शाहिको सरल स्वभावका कारण पनि उनलाइ सबैले रुचाएका छन।
यसैबीच विद्यावारिधिको प्रमाणपत्र लिन काठमाडौ आएका शाहीलाइ आइतबार काठमाडौमा बस्ने अछामी विद्यार्थीहरुले बधाइ तथा शुभकामना ज्ञापन गरेका छन। काठमाडौको किर्तिपुरमा एक अनौपचारिक कार्यक्रमका बिच डाक्टर शाहीलाई खादा, माला लगाई बधाइ तथा शुभकामना दिइएको हो।कार्यक्रममा खबरदार मिडियाका प्रतिनिधिको समेत उपस्तिथि रहेको थियो।
कार्यक्रममा बोल्दै डाक्टर शाहीले काठमाडौमा अध्ययन/अध्यापन गर्दै आएका विद्यार्थीहरुलाइ लगनशिल र मिहिनेती भएर आफ्नो काममा लाग्न समेत सुझाएका थिए।
‘मैले लामो समयको अनवरत मिहिनेतले यो सफलता हात पारेको हु, तपाइहरुले पनि चाहने हो भने यो ठाउँमा पुग्न सक्नुहुन्छ’: डा. शाहीले भने।
त्यस्तै उपस्थित विद्यार्थीहरुले पनि डा. शाहीले गर्दा आफुलाइ प्रेरणा र हौसला मिलेको बताएका थिए।
सामान्य चियापान पछि समाप्त भएको कार्यक्रममा अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपाकिकाका गरि करिव १०० जना विद्यार्थीको उपस्थिति रहेको थियो।