Sunday, November 3, 2024
spot_imgspot_img

खबरदार ताजा

spot_img

विषादी व्यवसायी संघ नेपालद्वारा मूल्य वृद्धिको बिरोधमा देशैभरका एग्रोभेट पसल बन्द।

काठमाडौ,

कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मुल्य अभिवृद्धि कर र अन्य वृद्धि गरिएको शुल्कको विरोध स्वरुप बिषादी व्यवसायी संघ नेपालले देशैभरका एग्रोभेट पसल बन्द सहित बिरोध गरेको छ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि जेठ १५ गते प्रस्तुत गरेको बजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरुमा मुल्य अभिवृद्धि कर (भ्याट) लागु गरिएपछि संघले आपत्ति जनाएको थियो। संघका पदाधिकारीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्री लगायत बिशिस्ट व्यक्तिहरुलाई भेटी कृषि वालीमा प्रयोग हुने विषादी लगायत कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर (VAT) हटाइदिन ‘विन्ति पत्र समेत बुझाएका थिए। संघको अनुरोध पछि सरकार पक्षले सकारात्मक जवाफ दिएपनि असार ११ गते प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट २०८१/०२/१५ गते प्रस्तुत बजेटलाई नै पास गरेपछि संघले आज देशैभरी आन्दोलन स्वरुप एग्रोभेट पसल बन्द गरेको हो। बिषादी व्यवसायी संघले असार १३ गते एक पत्र सार्वजनिक गर्दै सम्पुर्ण किसान तथा किसान संग सम्बन्धित संघ संस्थालाई असार १४ गते शुक्रबार र १५ गते सनिवार देशव्यापी रुपमा विरोध प्रदर्शन गरी पसल बन्द गर्न आहवान गरेको थियो।

पत्रमा भनिएको छ ‘जीवनाशक विषादी ऐन २०७६ अन्तंगत हालै मन्त्री परीषदबाट पास गरिएको जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जिकरण शुल्कमा ५००% देखि १०००% सम्म प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एकलौटी रुपमा निर्णय गरी शुल्क वृद्धि गर्ने कार्य गरेकोले यो सम्पूर्ण रुपमा विषादी व्यवसायी लगाएत नेपाली किसानहरु माथी ज्यादती थोपर्ने र कृषि पेशामा आवृद्ध हाम्रो पेशालाई धरापमा पार्ने कार्यहरु गरेको हुँदा कृषि बालीनालीमा प्रयोग हुने विषादी लगायत कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर (VAT) विषादी पञ्जिकरणमा वृद्धि गरेको शुल्कको खारेजीको माग गर्दै विरोध स्वरुप मिति २०८१/०३/१४ गते शुक्रबार र २०८१/०३/१५ शनिबार देशव्यापी रुपमा विरोध प्रदर्शन गरी पसल बन्द गर्न आहवान गर्दछौ ।साथै सम्पूर्ण किसान संघ संस्थाहरुलाई यस विरोध कार्यक्रममा सहभागी भईदिनु हुन हार्दिक अपिल गर्दछौँ।
साथै आफ्ना माग पूरा नभएसम्म विभिन्न चरणमा विरोधको कार्यक्रम व्यक्त गर्न सामाजिक संजाल, पत्र पत्रिका र संचार माध्यमको प्रयोग गरी आफ्‌नो विरोध कार्यक्रम प्रस्तुत गर्न समेत अनुरोध गरिएको छ।’

यसै सन्दर्भमा आज बाँके जिल्लाको नेपालगन्जमा समेत एग्रोभेट पसल बन्द गर्दै बिरोध पर्दर्शन गरिएको छ। बिषादी व्यवसायी संगै एग्रोभेट व्यवसायी संघले एग्रोभेट बन्द गर्दै पोस्टर, पम्पलेट प्रदर्शन गरि बिरोध जनाएको नेपालगन्ज स्थित मोडर्न एग्रो टेक्नोलोजीका सञ्चालक किरण खनालले जानकारी दिए। खनालका अनुसार भोलि पनी देशैभर एग्रोभेट पसल बन्दको कार्यक्रम रहेको छ। अनावश्यक मूल्य वृद्धि गरि किसानहरुलाइ मारमा पार्ने काम आफुहरुलाइ सैह्य नभएको समेत खनाले खबरदार दैनिकलाइ बताए। आइतबारसम्म आफ्ना मागहरु सम्बोधन नगरिए थप आन्दोलनका कार्यक्रमहरु घोषण गर्ने तयारी संघले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img