काठमाडौं । नेपाली खेल जगतमा अहिले दुई वटा विषय चर्चामा छ । पहिलो हो नेपाली राष्ट्रीय क्रिकेट टोली वर्डकपको तयारीमा र अर्को हो नेपाली राष्ट्रीय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप प्रकरण । वर्डकप खेल्ने राष्ट्रीय क्रिकेट टोलीको घोषणामा नेपालका एकमात्र सफल लेग स्पिनर सन्दीप लामिछाने नअटाउदा उनका आक्रोसित समर्थक एकाएक झन् ताते । उनका समर्थकले सन्दीपलाई फसाइएको दाबी गर्दै विभिन्न ब्यक्ति र संस्थामाथि आरोप लगाउन थाले । उनका समर्थकले नेपाली राष्ट्रीय क्रिकेट टोलीका पूर्वकप्तान तथा अहिलेका क्यान सचिव पारश खडे्काले पनि सन्दीपलाई फसाउनमा रणनिति खेलेको भनेर सञ्जालभरि लेख्न थाले । उसो त पारशले लेख्ने प्रायजसो हरेक स्टाटसको मुनि कमेन्टमै पनि उनलाई आरोप लगाइरहेका छन् । यसअघि पनि सन्दीप र पारशको सम्बन्ध त्यति धेरै सग्लो थिएन भनेर पनि नेपाली क्रिकेट जगतमा चर्चा हुने गथ्र्यो ।
सोही आरोप खेप्न नसकेर अधैर्य बनेका नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन्दीप लामिछानेमाथि बलात्कारको आरोप प्रकरणमा आफूलाई मुछेकोका आपत्ति जनाए ।
सचिव खड्काले आफ्नो चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले आरोप लगाइएको भन्दै बुधबार साँझ सामाजिक सञ्जालमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
आफूविरुद्ध भइरहेको ‘नियोजित षडयन्त्र’ लाई कानूनी दायरामा ल्याउने उनको चेतावनी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले यस्तो बताएका हुन् ।
पारशले लेखेका छन्, पछिल्लो केहि समय यता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले म माथी भैरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ।
नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ। यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथी भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चांडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।
अन्त्यमा नेपाली क्रिकेटप्रतिको मेरो निस्वार्थः भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने समेत सम्पूर्णका विच संकल्प गर्दछु।
पारशले लेखेको नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ। भन्ने वाक्याशंले पनि पारशमाथि थप संसय उत्पन्न भएको सन्दीपका समर्थक बताउँछन् ।
सन्दीपको मुद्धाबारे चुइक्क पनि नबोलेका उनले आफूमाथिको अपुष्ट आरोपको खण्डन भने गरिछाडे । यसविषयमा पारशले बोल्न हतार गरेका हुन् कि ? त्यो उनैले जानुन् ।