Sunday, December 7, 2025
spot_imgspot_img

खबरदार ताजा

spot_img

सांसद सुहाङ नेम्वाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौं । इलाम २ मा नेकपा एमालेबाट निर्वाचित सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।

आज एक समारोहबीच सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै उनलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका छन् ।

यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।

सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्काले २१ हजार ९४२ भोट ल्याएका थिए ।

सुहाङ संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्षसमेत रहेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img