Saturday, February 15, 2025
spot_imgspot_img

खबरदार ताजा

spot_img

५ दिनभित्र दशरथ रङ्गशालाको स्तर सुधार गर्न खेलकुद मन्त्रीको निर्देशन

काठमाडौं । ५ दिनभित्र दशरथ रङ्गशालाको स्तर सुधार गरिएको प्रगति विवरण पेस गर्न युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले कडा निर्देशन दिएका छन। साथै उनले विश्वकप छनोट फुटबलको अर्को खेल नेपालमै गराउने वातावरण बनाउन पनि निर्देशन दिएका छन् ।

दशरथ रङ्गशालाको रेखदेख हाल राखेपले आफ्नै अधिनमा लिएको छ । फिफा र एएफसीले दशरथ रङ्गशालाको स्तर सुधार गर्न एन्फासँग पत्राचार गरेको थियो । दशरथ रङ्गशालामा दर्शक र खेलाडीको सुरक्षा, फ्लड लाइटजस्ता विषयमा प्रश्न उठाएपछि यस विषयमा एन्फाले राखेप र युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको थियो ।

दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रङ्गशाला हो । फुटबलका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता यही रङ्गशालामा आयोजना हुँदै आएका छन् । पछिल्लो समय फिफा र एएफसीले दशरथ रङ्गशालाको विभिन्न पक्षमा प्रश्न उठाउँदै एन्फालाई स्तर सुधार गर्न सुझाव दिँदै आएको छ ।

फिफा र एएफसीले दशरथ रङ्गशाला निकै पुरानो भएकाले खेलका क्रममा दर्शकको सुरक्षाको विषयमा प्रश्न उठाएको हो । ‘फ्लड लाइट’ को विषयमा पनि प्रश्न गरिएको छ । दशरथ रङ्गशालामा रात्रिकालीन खेलका लागि जडान गरिएको ‘फ्लड लाइट’ को प्रकाश (उज्यालो) पर्याप्त नहरेको गुनासो आएपछि फिफा र एएफसीले यसप्रति चासो देखाएका हुन् ।

सन् १९९९ मा नेपालमा आयोजित आठौँ दक्षिण एसियाली खेलकुदका क्रममा चीन सरकारले दशरथ रङ्गशालामा ‘फ्लड लाइट’ जडान गरिदिएको हो । आठौँ दक्षिण एसियाली खेलकुदलाई नै ध्यानमा राखी चीन सरकारले सातदोबाटोस्थित खेलकुद परिसरमा पौडी पोखरी र सुटिङ रेन्जलगायतका पूर्वाधार पनि निर्माण गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img