सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर थापाविरुद्ध पाँच करोड तेत्तीस लाख बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
अनुसन्धानका क्रममा मेयर थापा सार्वजनिक पद धारणा गरेयता (२०७४-२०७९) तेह्र करोड बीस लाख तीन हजार तीन सय एकानब्बे रुपैयाँ चौध पैसा सम्पत्ति जाेडिएकाे उलेलेख गरेकाे छ। याे रकममध्ये सात करोड छयासी लाख पचास हजार दुई सय एक रुपैयाँ अठ्चालीस पैसाको श्राेत खुलेकाे र बाँकी पाँच करोड तेत्तीस लाख त्रिपन्न हजार एक सय उनानब्बे रुपैया छैसठ्ठी पैसाबराबरको सम्पत्ति ऋणात्मक देखिएको आयाेगले जनाएकाे छ।