Sunday, November 3, 2024
spot_imgspot_img

खबरदार ताजा

spot_img

रास्वपाको प्रतिरक्षामा उत्रिए एमाले सांसद सुर्य थापा।

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेका सांसद सूर्य थापाले तथ्य र प्रमाणको आधारमा सदनमा प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।

सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ । तर, सत्तारुढ दलहरुले भने समिति बन्न नसक्ने बताइरहेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै उनले सुन काण्डमा एमालेले तथ्यसहित छानबिन समिति गठनको माग गरेको र यसले परिणाम पनि दिएको भन्दै उनले कांग्रेसले पनि प्रमाणसहित विषय उठान गर्नुपर्ने बताए । “देशको लागी एजेन्डा तथ्यका आधारमा उठाउँदा परिणामपदिन्छ भन्ने कुरा हिजो सुन काण्डमा एमालेले प्रमाणित गरेको छ,” उनले भने । उनले सहकारी विषय टोलटोलदेखि राष्ट्रियस्तरसम्म बहसको विषय भएको उनको भनाई थियो ।

सांसद थापाले बहस व्यक्ति केन्द्रित गर्न कांग्रेस लागि परेको बताए । उनले कास्की जिल्ला अदालतमा विचाराधीन विषय सदनमा कसरी बहसको विषय बन्न सक्छ भन्दै प्रश्न गरे । “सूर्यदर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधीन विषय हो । अदालतमा विचाराधीन विषय यहाँ बहसको विषय हुन्न भन्ने थाहा छ थाहा पाएर पनि उठाएका छौं । सहकारी विषयमा छलफल गरेर निष्कर्षमा पुर्याउन हैन गठबन्धनमा भ्वाङ्ग पार्न सकिन्छ कि भनेर उठाइएको छ,” उनले भने । उनले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने सत्ता पक्षमा बस्दा निदाउने कुरा नभएको पनि जिकिर गरे ।

बोल्ने क्रममा उनले प्रधानमन्त्रीले गठबन्धनको नेताको हैसियतमा बोल्ने भन्दै के प्रतिपक्षीको नेता भएर बोलिदिनुपर्ने हो भन्ने प्रशन गरे । उनले गृहमन्त्रीको बचाउ गर्दै भने ,“यो व्यक्ति केन्द्रित विषय हो । समाधान खोज्नुपर्छ । यसले समाधान दिँदैन । कसैले पनि यो प्रहार खेप्नु राम्रो हैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img